नियम ४
सेवामा रहने समूह, श्रेणी र पद
(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूतनम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरु समावेश भएको अनुसूची—१ बमोजिमका समूहहरु रहने छन् ।
(२) सेवामा देहायका श्रेणीहरु रहन सक्नेछन्ः –
(क) राजपत्रांकितः
(१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी,
(३)द्वितीय श्रेणी, र
(४)तृतीय श्रेणी ।
(ख) राजपत्र अनंकितः
(१) प्रथम श्रेणी ,
(२) द्वितीय श्रेणी ,
(३) तृतीय श्रेणी,र
(४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमको पदहरु रहन सक्ने छन् ।
(४) सेवा, समूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरु अनुसूची–२ बमोजिम हुनेछन् ।